२०८१ कार्तिक २, शुक्रवार , ०३:३०:४७ बजे

Sajhamanch
'

आयोजकलाई पराजित गर्दै मुनाल क्लब फाइनलमा प्रबेश

शुक्रवार, फागुन ३०, २०७६

बुद्धशान्ति । मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमीफाइनलमा आयोजक सृजनशील युवा समाजलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै मुनालले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष शुक्रराज कार्कीले जानकारी दिए ।

गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा भएको खेलमा जितका लागि खेलको तेस्रो मिनेटमा चन्द्रगढीका विकास राईले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको १०औं मिनेटमा आयोजकका लागि बबिन बोहोराले एक गोल गरे ।

यसरी नै खेलको ११ र १७औँ मिनेटमा चन्द्रगढीका शक्ति राईले व्यक्तिगत दुई गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ४३ र ४८औँ मिनेटमा सबिन मगरले पुनः व्यक्तिगत दुई गोल गर्दै टिमलाई फराकिलो गोल अन्तरमा पुर्‍याए ।

त्यस्तै खेलको अतिरिक्त समयमा चन्द्रगढीका प्रबिन राईले थप एक गोल गरे । खेलको म्यानअफ दि म्याच चन्द्रगढीका शक्ति राई घोषित भए ।

प्रतियोगितामा शुक्रबार दास्रो सेमिफाइनलमा पूर्वेली युथ क्लब बिर्तामोड र झापा एफसी राजगढ भिड्ने सचिव निर्मल पराजुलीले बताए । पूर्वेली बिर्तामोडले मेची नेत्रालयलाई र झापा एफसी राजगढले शनिश्चरेलाई पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका थिए ।

फुटबलको माध्यमबाट सामाजिक विकृति, कुसंस्कार, वेथिति हटाउन चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीयस्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने प्रतियोगिताको लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष कार्कीले बताएका छन् ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार स्थानीय हाल साउदी अरेवियामा रहेका सोनी कार्कीले र प्रतियोगिताको विभिन्न विधाका पुरस्कारहरु अमेरिकाबाट एसटी तामाङ्गले प्रायोजन गर्ने आयोजक समितिका सचिव निर्मल पराजुलीले बताए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नरेन्द्रकुमार जवेगुले बताए ।

सम्बन्धित खबर