२०८२ भदौ ८, आइतवार , ०३:४९:२० बजे

Sajhamanch
'

ओच्छ्यानमै बालिकामाथि चितुवा आक्रमण, घरभन्दा पाँच सय मिटर पर भेटियो शव

मङ्गलवार, फागुन २७, २०७६

बैतडी। मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भने, ‘यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।’