विर्तामोड । विर्तामोड ८ मा रहेको लालीगुँरास स्कुलले सचेतना मुलक कार्यक्रम गरि ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।विद्यार्थीहरुले नारीहरुको हक अधिकार र बालिकाहरुको अधिकारका बिषयमा चर्चा गरेका थिए।
उनीहरुले प्ले कार्ड बोकेर नारा सहित गरामनी बजार परिक्रमा गरेका थिए। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।विद्यालयमा रहेको सगरमाथा टिन्स क्लबको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले बालबालिका माथी हुने दुव्र्यवहारका कारण असुरक्षित भएको महशुस हुने गरेको बताए ।
कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागी विद्यार्थीहरुले नारी हिंसा अन्त्य गर,नारी देशका शक्ति हुन् ,नारीले शिक्षा पाउनु पर्छ जस्ता नारा लगाएका थिए।विद्यार्थीहरुलाई नारी र पुरुष बराबर हुन् सबैको अधिकार बराबर हो भन्ने महसुस गराउन कार्यक्रम गरिएको बिद्यालयका संस्थापक गोमा कटुवालले बताइन् ।