कोरोनाको संक्रमणबाट बँच्न सचेतना अपनाऔं
- साथीभाइसँग हात नमिलाऔ, त्यसको सट्टा नमस्कार गरौं l
- साबुन पानीले पटक–पटक हात धुऔं l
- कसैसँग अंकमाल नगरौं, ज्वरो–खोकी लागेको मान्छेसँग नसुतौं l
- अनावश्यक भिडभाडमा नजाऔं l
- झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबसौं ।
- जंगली जनावरलाई नछुऔ, बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाऔ ।
- सर्जिकल मास्कको प्रयोग गरौं, कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।
- कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।
- खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने अस्पताल गएर परीक्षण गराऔं ।
बिर्तामोड नगरपालिका झापा