२०८१ भदौ ३१, सोमवार , १२:४१:१६ बजे

Sajhamanch
'

विराट अर्जुनको सदस्य शिक्षा तालिम

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । बिर्तामोडस्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संस्थाका सञ्चालक,कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त सदस्य शिक्षा तालिमको सहजीकरण नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले गरेका थिए । अधिकारीले पछिल्लो समय सहकारी संस्था अगाडीको समयमा जस्तो सञ्चालन गर्न सहज नरहेको जिकिर गरे । उनले सहकारीका प्रकार र त्यसले गर्ने कोर बिज्नेस के -के हो भन्ने बारेमा उपस्थितलाई सुझाएका थिए ।

अधिकारीले सहकारीहरुले आफनो प्रकृति अनुसारको कारोबार गरेका छ कि छैनन, बच्तको प्रतिशत के कस्तो रहेको छ र उपभोक्ता सहकारी संस्थालाई उपभोक्ता बनाउन तथा रहिरहन के कस्ता विशेषता हुनुपर्छ भनेर सहभागीहरुलाई अवगत गराएका थिए ।

संस्थाका अध्यक्ष खरेलले प्रशिक्षण आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट पारेको तालिमको सञ्चालन सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।

सम्बन्धित खबर