२०८१ मंसिर १९, बुधवार , ०३:२७:०६ बजे

Sajhamanch
'

पार्टी र युनियनको महाधिवेशन समयमै हुनु पर्ने नेता सिटौलाको अडान

सोमवार, फागुन १९, २०७६

चन्द्रगढी । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने अडान राखेका छन् ।

नेपाल प्रेस युनियन झापाद्वारा आज सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसके पार्टी संगठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता ब्यक्त गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ लगायत पार्टीका भातृ संस्थाको महाधिवेशन पार्टी महाधिवेशन अगाडि गर्न नसकिए पनि प्रेस युनियन शुभेच्छुक संस्था भएको हुँदा तोकिएको समय (२०७६ चैत २१ र २२)मा हुनुपर्नेमा जोड दिदै कुनै पनि बहानामा प्रेस युनियनको महाधिवेशन सार्ननहुने अभिमत राखे ।

उत्साहका साथ महाधिवेशनको तयारीमा लाग्न प्रेस युनियनका सबै सदस्यहरुलाई आह्वान गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लोकतन्त्रवादी पत्रकारहरुले चनाखो भएर कम्युनिष्ट सरकारले संवैधानिक निकायमाथि गरिरहेको हस्तक्षेपको जानकारी जनतालाई गराउन आग्रह गरे ।

‘वर्तमान सरकार सरकारी र संवैधानिक निकायलाई कम्युनिष्ट पार्टीको सेवकको रुपमा दाउन खोजिरहेको छ, प्रेसलाई पनि ऐन कानून नै बनाएर नियन्त्रण गर्न अनेक षडयन्त्र गरिरहेको प्रसङ्ग उठाउँदै सिटौलाले भने–‘प्रेस स्वतन्त्रताको अधिकार भनेकै जनताको सूचना पाउने अधिकार भएको हुँदा यसलाई कसैले कुनै कालखण्डमा नियन्त्रण गर्न नसकोस् भनेर संविधानमा प“र्ण प्रेस स्वतन्त्रता लेखिएको हो .’

पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गनर्’पर्नेमा जोड दिनुभएका नेता सिटौलाले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा आफ्नो तेस्रो बैचारिक धारको अलग्गै टिम कायम रहने बताए ।

पार्टी सभापति शेरवहादुर देउवाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा गनर्’भएको केन्द्रीय सदस्य मनोनयन र विभाग गठनमा रामचन्द्र पौडेल समुहले विरोध जनाइरहँदा तपाई मौन रहनुभयो, के तपाइले फेरि वर्तमान सभापतिलाई नै चौधौं महाधिवेशनमा सघाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भने–‘ काँग्रेसको १४ औं महाधिवेशनमा म सभापतिको उम्मेद्वार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।’

समय आएपछि आफ्नो उम्मेद्वारी घोषणा हुने संकेत गर्दै नेता सिटौलाले पार्टीका सबै तहका अधिवेशनहरु सकिएपश्चात मंसिरमा आफ्नो टिमको घोषणा गर्ने जानकारी दिए ।

सम्बन्धित खबर