
बिर्तामोड । झापाको बिर्तामोड ९ गरामनी को दुर्गा माध्यामिक विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराई मामा श्रीलङ्का मा हुने एशियाली शिक्षक प्रशिक्षकहरुको सम्मेलनमा सहभागी हुने भएका छन् ।
यही मार्च महिनाको ५ र ६ तारीखमा श्रीलंकाको थुलरियामा हुने सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भट्टराई जाने भएका हुन।उक्त सम्मेलनमा भट्टराईले नब्बे मिनेटको कार्यशाला समेत प्रस्तुत गर्ने कार्यक्रम रहेकोे छ । बृट्रिस काउन्सिलद्वारा आयोजना गरिएको उक्त सम्मेलनमा करिब ५०० प्रशिक्षक सहभागी हुने आयोजकले जनाएका छन् ।
भट्टराई ग्लोबल प्रतिस्पर्धा बाट छनौट भएका हुन। बिगत लामो समयदेखि शिक्षक तालिम प्रशिक्षकका रुपमा नेपाल का विभिन्न ठाँउ मा काम गर्नुका साथै हाल बृटिस काउन्सिल नेपालको राष्ट्रिय प्रशिक्षक रहेका छन् ।