२०८१ असोज २, बुधवार , ०६:५४:५८ बजे

Sajhamanch
'

काठमाडौंमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला जारी

आइतवार, फागुन १८, २०७६

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आज शुभारम्भ भएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कमलादीस्थित प्रज्ञा भवनमा शनिबार दशौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलाको शुभारम्भ गरिएको हो ।

मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी १० देशका कलाकारहरुले कला प्रस्तुत गरेका थिए ।

ब्रज कला कुञ्जका कलाकारहरुले कुमारी नृत्य प्रस्तुत गरेर सुरु भएको मेलामा अन्य देशले आफ्नो देशको लोक सांस्कृतिक गीत
तथा नृत्य प्रस्तुत गरेका थिए ।

एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा मेलाका संयोजक रामचन्द्र कोइरालाले नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वर्दन गर्ने प्रमुख उद्देश्यका साथ २२ वर्ष अगाडि स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै यस्तो काम गर्दै आएको बताए ।

आफूहरुले पर्यटन प्रवर्धनका लागि कार्यक्रम आयोजना गरेको भएता पनि सम्बन्धित निकायले वेवास्ता गरेको गुनासो पनि व्यक्त गरे ।

कार्यक्रम फागुन २५ गतेसम्म आयोजना हुनेछ भने काठमाडौं, ललितपुर र पोखरामा कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक कोइरालाले बताए ।

सम्बन्धित खबर