२०८१ भदौ ३१, सोमवार , ०१:५२:३२ बजे

Sajhamanch
'

सकारात्मक सोध विषयमा बिर्तामोडमा उत्प्रेरणात्मक तालिम

शुक्रवार, फागुन १६, २०७६

बिर्तामोड । झापा जिल्ला कृषि सहकारी संघको आयोजनामा संस्थागत सुदृढीकरणका लागि सकारात्मक सोधखोज विषयमा दुई दिवसीय उत्प्रेरणात्मक तालिम आज सुरु भएको छ ।

नेपाल कृषि सहकारी संघ केन्द्रीय समितिको प्राविधिक सहयोगमा बिर्तामोडमा सुरु भएको तालिमको अध्यक्षता कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मिना ढकालले गरेकी थिइन् ।

उक्त तालिमको सहजीकरण सनम महतले गरिरहेका छन् । महतले मानिस जीवनमा कसरी खुसी हुने, सफलता हात पार्न के गर्नुपर्छ, र सकारात्मक सोच पैदा गर्न के गर्ने लगायतका विषयमा सहभागीलाई अवगत गराएका छन् ।

सो अवसरमा झापा जिल्ला कृषि सहकारी संघका सदस्य देवी अधिकारीले तालिममा उपस्थित सहकारीकर्मीहरुलाई मन्तव्यबाट स्वागत गरेका थिए । उत्प्रेरणात्मक तालिम शुक्रबार र शनिबार सञ्चालन गरिने अध्यक्ष मीना ढकालले बताएकी छन् ।