२०८१ साउन १२, शनिवार , १०:०१:५६ बजे

Sajhamanch
'

कोरोनाविरुद्धको खोप बनाएको अमेरिकी कम्पनीको दाबी

बुधवार, फागुन १४, २०७६

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाएको अमेरिकाको एउटा कम्पनीले दाबी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका गर्ने गरी तयार भएको अमेरिकी बायोटेक फर्म मोडर्नाले जनाएको छ ।

कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरुलाई पठाएको थियो । अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनमा समाचार छ ।

सम्भावित खोपको पहिलो परीक्षण आउँदो अप्रिल महिनामा सुरु हुन सक्ने उल्लेख छ । परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।

यता कोरोना भाइरसको कारण अहिलेसम्म २ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ । चीनमा थप ५२ जनाको मृत्यु भएको छ । २ हजार ७ सय १५ जना मृतक चीनका हुन् । चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर