२०८१ पौष ११, बिहिवार , ०२:०९:३४ बजे

Sajhamanch
'

जिल्ला स्तरीय राजवंशी नकआउट फुटबल सुरु, उद्घाटनमा अर्जुनधारा र दमक विजयी

बुधवार, फागुन ७, २०७६

भद्रपुर । झापाको भद्रपुरमा जिल्ला स्तरीय राजवंशी नकआउट फुटबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ ।

घोडामारा राजवंशी युवा क्लबले भद्रपुर ९ स्थित घोडामाराको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले गरेका छन् । उद्घाटन खेलमा अर्जुनधारा र दमक विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा ट्राइब्रेकरमा फूलबारी फुटबल बाह्दशीलाई ३ को विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टिमले २—२ गोल गरेका थिए । खेल बराबरी भएपछि ट्राइब्रेकर भएको थियो । खेलमा अर्जुनधाराका तर्फबाट दीपेन्द्र राजवंशी, समीर राजवंशी , प्रेम राजवंशी , अजय राजवंशी र सन्तोष राजवंशीले गोल गरेका थिए भने फुलवारिका कृष्ण राजवंशी, विपिन राजवंशी र अभिषेक राजवंशीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अर्जुनधाराका गोलकिपर प्रवीण राजवंशी घोषित भए । आजै भएको दोस्रो खेलमा दमक विजयी भएको छ । डागाभोडा फुटबल क्लब कचनकवल नआएपछि वाक ओभरको आधारमा दमक विजयी भएको हो ।

घोडामारा राजवंशी युवा क्लबका अध्यक्ष सुरेश राजवंशीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस महिला सङ्घकी केन्द्रीय सदस्य गोमा भट्टराई , नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, राजवंशी विकास समितिका अध्यक्ष पुकारचन्द्र राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

आगामी फागुन १० गते समापन हुने उक्त प्रतियोगितामा झापाका विभिन्न प्रतियोगितामा जिल्लाभरिका १० वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार र उपविजेता टिमलाई नगद १५ हजारसहित शिल्ड तथा प्रमाण पत्र वितरण गरिने जनाइएको छ । बिहीबार दोस्रो दिनको खेल राजगढ र हल्दीवारी, वनियानी र घोडामारा एफसी बिच हुनेछ, भने क्वाटर फाइनल अर्जुनधारा र ज्यामिरगढी फुटबल क्लब बिच हुने जनाइएको छ ।

क्लबका सदस्य समीर राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुजता राजवंशीले गरेकी थिइन ।

बुधवार, फागुन ७, २०७६ | खेलकुद

सम्बन्धित खबर