
काठमाडौं । अर्काको घरमा बम राखेर फिरौती मागेको आरोपमा प्रहरीले एक सेनाका पूर्व हवल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की रहेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँको टोलीले सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेको आरोपमा उनलाई पक्राउ गरेको हो ।