काठमाडौं । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङ्फेले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भई पदभार सम्हालेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. तुम्बाहाङ्फेलाई कानूनमन्त्री नियुक्त गरेकी थिइन् । नवनियुक्त कानून मन्त्री तुम्बाहाङ्फेले आज सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् ।
नवनियुक्त मन्त्री डा. तुम्बाहाङ्फेले सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार पनि सम्हालेकी छन् ।