२०८१ चैत २७, बुधवार , ०९:३६:२० बजे

Sajhamanch
'

चितुवाको आक्रमणबाट एकजना घाइते

आइतवार, फागुन ४, २०७६

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वडा नं.३ शिवनगर टोलका ४२ वर्षीय माधव भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

शनिबार साँझ गहुँबारीमा रहेका भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी निरीक्षक लालाबहादुर बमले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतवारीमा चितुवा आहाराको खोजीमा आएको बताइएको छ। घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

थाहाखबर

सम्बन्धित खबर