२०८१ असोज २, बुधवार , ०९:४५:३० बजे

Sajhamanch
'

उज्वल सागरको नयाँ गीतः ‘ दि अनलभ्डः तिमी खुशी त छौ नि ’ सार्वजनिक

आइतवार, फागुन ४, २०७६

काठमाण्डौँ । गायक एवं संगीतकार उज्वल सागरको नयाँ गित ‘दि अनलभ्डः तिमी खुशी त छौ नि ’ सार्वजानिक भएको छ ।

शब्द, संगीत र आवाजको दृष्टिकोणबाट नै उत्कृष्ट लाग्ने उक्त गीतमा रोशनको शब्द रहेको छ भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।

संगीत क्षेत्रमा निरन्तर साधना गरिरहेका उनका गीतभित्र काव्यिकता पाईन्छ । शनिबार अपराह्न सार्वजानिक भएको उक्त गीतले राम्रो प्रतिक्रियाहरु पाईरहेको गायक उज्वल सागर बताउँछन् ।

उनले भेलेन्टाइन डे को दिन सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कठिनाईले एक दिन पछि सार्वजनिक गरिएको बताए । युवा पुस्तालाई मध्यनजर गरेर गीत बनाएको र गीतले युवाको मर्म र भावनालाई समेटने छ,उनले भने ।

यस अघि सागरको पहिलो आधिकारिक गीत ‘धुन’ सार्वजानिक भएको थियो । दुवै गीत उनले आफ्नो आधिकारीक युटुव च्यानल ‘उज्वल सागर’ बाट सार्वजानिक गरेका छन् ।

सम्बन्धित खबर