२०८१ साउन ११, शुक्रवार , ०९:४३:२९ बजे

Sajhamanch
'

कोरोना भाइरस संक्रमणको शंका गरेका साउदी नागरिक टेकु अस्पतालबाट फरार

बुधवार, माघ २९, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकु अस्पतालमा पुगेका साउदी अरबका एक नागरिक फरार भएका छन् ।

चीनको बाटो हुँदै नेपाल आएका ति साउदी नागरिकलाई एक हप्तअअघि टेकु अस्पतालमा भर्ना गरिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँचका लागि पुगेका साउदी नागरिकमा रुघाखोकी र ज्वरो आएको थियो । उनलाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको थियो ।

कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरी तयारी गर्नासाथ उनी फरार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ति साउदी नागरिकको कोरोना परिक्षण हुन बाँकी रहेको थियो ।

यसैबीच, चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई पनि कोरोना भाइरस जाँचका लागि अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित खबर