२०८१ माघ १९, शनिवार , ०७:४५:०१ बजे

Sajhamanch
'

संचारकर्मीले स्थानिय नागरिकहरुका गुनासा र समस्यालाई प्राथमिकता दिनु पर्नेः मन्त्री कार्की

बुधवार, माघ २९, २०७६

दमक । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले मिडियाहरुले स्थानीय विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नवौं विश्व रेडियो दिवशको अवसरमा ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) एक नम्वर प्रदेश समितिले दमकमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले स्थानिय नागरिकहरुका गुनासा र समस्यालाई प्राथमिकता दिएर कार्यक्रमहरु उत्पादन गर्नु पर्ने बताए ।

उनले फरक प्रशंगमा बोल्दै मुलुक लोकतान्त्रिक गणतन्त्रको मार्गवाट विकास र समृदीको बाटोमा अघि बढीसकेकाले अब भूमिगत आन्दोलनको कुनै अर्थ नरहेको बताए । भूमिगत विप्लव नेतृत्वको समुह लगायतलाई बार्ताको माध्यमबाट समाधान खोज्न समेत उनले आग्रह गरे । अहिले जनताको अधिकार प्राप्तीको लागी आन्दोलन गनु पर्ने अवस्था नरहेको भन्दै विप्लब समुह मुलुक निर्माणको एजेण्डा लिएर वार्तामा आउनु पर्ने उनको भनाई थियो ।

पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा र बान प्रदेश १ का अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठले मिडियाको वर्तमान अवस्था र चुनौतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा मिडियामा चुनौती थपिँदै गएको रेडियो सञ्चालकहरुले बताएका थिए । कार्यक्रममा सत्तारुढ नेकपाका प्रदेशसभा संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, बानका केन्द्रि अध्यक्ष चन्द्र न्यौपाने, कोषाध्यक्ष नविन राई लगायतल बोलका एसोसिएसनका प्रदेश उपाध्यक्ष गिरिराज भट्टराइले जानकारी दिए ।

सम्बन्धित खबर