२०८१ माघ १३, आइतवार , ०८:३३:४२ बजे

Sajhamanch
'

चारपानेमा सुरक्षा सचेतना छलफल

मङ्गलवार, माघ २८, २०७६

विर्तामोड । विर्तामोड २ चारपानेमा नागरिक सुरक्षा बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । विर्तामोड वडा नम्बर २ को आयोजनामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजाल जनप्रतिनिधि व्यावसायी सामाजिक अगुवा राजनैतिक दल र स्थानीयको उपस्थिति रहेको थियो।

औधोगिक क्षेत्रको रुपामा विकास हुँदै आएको चारपाने संबेदनसिल रुपामा रहेको र अन्य मुलुक बाट आएर काम गर्ने मजदुरहरुको तत्याङ्क नहुदा स्थानीयले विभिन्न समस्या झेल्नुपरेको बक्ताहरुले औंल्याए । केही समय अगाडि स्थानीय एक ब्यक्तिको हत्याले स्थानीय त्रसित भएकाले शान्ति सुरक्षा लाई ब्यबस्थित र दीर्घकालीन रुपामा ब्यबस्थापन गर्न छलफल राखिएको वडाध्यक्ष नगेन्द्र संग्रौलाले बताए । हाल सो क्षेत्रमा ४१ वटा भन्दा धेरै साना ठुला उद्योग संचालनमा छन् ।

सबै जसो मजदुर भारत ,पाकिस्तान लगाएका मुलुक बाट आउने गरेका र उनीहरुको तथ्यांक सम्बन्धित निकाय संग नहुदाँ घटना हुँदा समस्या पर्ने साथै स्थानीय क्षेत्रमा प्रहरी विट नभएका कारण सुरक्षाको महशुस समेत नभएको वडाबासीले गुनासो ब्यक्त गरेका छन् । हाटबजार ब्यबस्तित नभएको,बाटोमै बजार लाग्ने र सवारी दुर्घटनाको जोखिम उच्च रहेको ,मदिरा जन्य पदार्थ अनाधिकृत रुपमा बिक्रि बितरण गर्ने गरेकाले यसको रोकथाम र नियन्त्रणमा बिशेष ध्यान दिन सहभागीहरुले जोड दिएको वडा सदस्य किशोर पौडेलले बताए ।

वडाध्यक्ष संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा प्रहरी निरीक्षक रिजालले नागरिक आफै सचेत हुन र तत्काल प्रहरिलाई खबर गर्न आग्रह गर्दै प्रहरी बिटका लाई समन्वय गर्ने बताए ।

सम्बन्धित खबर