विराटनगर । विराटनगरमा युवतीको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो ।
अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला परेको हो ।
शवको पहिचान खुलेको छैन ।