![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
विर्तामोड । विराट भरत विश्रान्ती ज्येष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
केन्द्रको सम्पन्न साधारणसभाले केन्द्रको अध्यक्षमा पुनः हर्कलाल गिरी चयन गरेको छ ।
समितिका पदाधिकारीहरुमा उपाध्यक्षमा राजकुमार पोखरेल, महासचिवमा गोपीकृष्ण प्रसाई, सचिवमा शिला ढकाल र कञ्चना ढकाल सिटौला, कोषाध्यक्षमा डिल्लीप्रसाद प्रसाई चयन भएका छन् ।
१३ सदस्यीय कार्यसमिति सदस्यहरुमा उमेश डालमिया, भूपेन्द्रकुमार सिंहराजवंशी, मोहनबहादुर पायुम, पर्शुराम सिटौला, कूलप्रसाद संग्रौला, सुरेश अग्रवाल र कल्पना कडरिया रहेका छन् । साधारणसभामा भएको भेलाले आगामी दुई वर्षका लागि पुरानै कार्यसमितिलाई अनुमोदन गरेको हो ।
केन्द्रका अध्यक्ष हर्कलाल गिरीको अध्यक्षता तथा साधारणसभामा संस्थाको सांगठानिक प्रतिवेदन संस्थाका महासचिव गोपीकृष्ण प्रसाई र आर्थिक प्रतिवेदन पर्शुराम सिटौलाले प्रस्तुत गरेका थिए।
कार्यक्रममा केन्द्रका प्रमुख संरक्षक खड्काले निर्माणाधिन विराट भरत विश्रान्तीलाई बृद्धाबृद्धा राख्ने थलोका रुपमा नबुझ्न आग्रह गरे । निर्माणाधिन विश्रान्तीमा सबै झापालीको अपनत्व हुनुपर्नेमा जोड दिदै केन्द्रलाई शान्ति निकेतनका रुपमा स्थापना गर्न लागेको बताए ।
बृद्ध भएपछि मान्छेको स्वभाव फेरि केटाकेटीको जस्तो हुने बताउँदै त्यही केटाकेटीपनलाई भुल्याउने तथा आत्मशान्ति दिने केन्द्रका रुपमा विकास गरिने संरक्षक खड्काले बताए ।
उपाध्यक्ष राजकुमार पोखरेलले स्वागत र महासचिव प्रसाईले सञ्चालन गरेको कार्यक्रममा संरक्षक खड्का, गोपालकुमार बस्नेत, महेन्द्रकुमार गिरी, मेगेन्द्र लिङ्देन, गणेश खनाल, ईश्वरा श्रेष्ठ, युवराज प्रसाई, सुरेसकुमार वंशल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।