२०८१ फागुन १३, मङ्गलवार , ०९:४८:४३ बजे

Sajhamanch
'

हात्तीपाइले बिरूद्धको अभियानमा आठ हजार व्याक्तिलाई औषधी खुवाइने

मङ्गलवार, माघ २१, २०७६

भद्रपुर । कचनकवल ६ नम्बर वडा स्वास्थ्य कार्यालयले हात्तीपाइले बिरूद्धको अभियानमा ८ हजार व्यक्तिलाई औषधी खुवाएर अभियान सफल बनाउने भएको छ ।

हात्तीपाइले रोग बिरूद्धको ९ औ चरणको अभियान अन्र्तगत संक्रमित विहिन वडा निर्माणका लागि स्वास्थ्य कार्यालयले ८ हजारलाई घरदैलो गरेर औषधी खुवाउने भएको हो ।

माघ २५ गतेदेखि २८ गतेसम्म राष्ट्रिय अभियान भए पनि २६ र २७ गते स्थानीय किच्चकवध मेला परेका कारण कार्यालयले ३० गतेसम्म बढाएर भए पनि अभियान सफल बनाउने जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा वडा स्वास्थ्य कार्यालयले स्थानीय सरोकारवालासित अन्तरक्रिया गरी अभियान सफल बनाउन प्रतिबद्धता जाहेर गरेको छ । कार्यक्रममा स्वास्थ्य केन्द्रका डाक्टर विशुद्ध भट्टराईले सहजीकरण गर्दै हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, क्यान्सर, मुटुरोग, कलेजो, मिर्गौला र फोक्सोका बिरामी तथा २४ घण्टाभित्र ज्वरो आएका मानिस गर्भवती तथा सात दिनसम्मका सुत्करी, छारेरोगी, सिकिस्त बिरामीले खान नहुने जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्रधान अध्यापक, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता लगायतको सहभागिता रहेको थियो भने सिनियर अहेव नवीन मिश्रले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
झापामा ५ सय ५४ जनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाको तथ्याङ्घक अनुनसार खुट्टा सुन्निएका ७२ जना, हात तथा स्तन सुन्निएका ११० जना र ३७२ जना अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत पाइएका हुन् । मानिसलाई शारिरिक रूपमा अपांगता बनाउने कृष्ठरोगपछि सबैभन्दा ठूलो रोग हात्तीपाइले अपाङ्गता निम्त्याउने रोग भएको चिकित्सकहरूको भनाइ छ । यो रोग मानिसमा संक्रमण भएपछि नराम्रोसंग शारीरिक रूपमा असक्त, असमर्थ तथा अपाङ्ग बनाउने गरेको छ ।

यो रोग एक प्रकारको सरुवा रोग हो जुन मसिनो धागो आकारको परजिवी वाट संत्रमण भएको क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने गरेको छ । जुनसुकै उमेर समुहका मानिसलाई समेत लाग्ने हुँदा लामखुट्टेको टोकाइका कारण सर्ने भएकाले विषेश गरेर केटाकेटीहरू बढी जोखिममा पर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । ज्वरो आउदा शरीर काम्नु, लिम्फ नलीहरू सुनिन्नु, छाला रातो भै दुख्नु हात गोडामा निला काला धर्साहरू देखिनु , ठाउ ठाउमा गिर्खाहरु आउनु , पुरुषका अण्डकोष वरपरका नशाहरु फुलेर दुख्नु , अण्डकोष ठुलो हुनु , महिलाको योनाङ्ग अथवा स्तन सुनिएर दुख्न थाल्नु , खुट्टा सुनिएर हात्तीको जस्तै देखिनु , लामो समय सम्मखोकी लागिरहेर दम बढ्नु नै यस रोगका मुख्य लक्ष्यण भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

झापामा यस वर्ष ८ लाख २ हजार ६ सय ५ जना नागरिकलाई २ प्रकारका करिब २० लाख ६ हजार ५सय १२ डिइसी र आठ लाख ८२ हजार ८ सय ६५ रुपैयाँ वरावरको एलेन्डालोज ट्याब्लेट जिल्लाभर अभियानका रूपमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम संयोजक जीवनकुमार चौलागाईंले जानकारी दिए ।

सम्बन्धित खबर