काठमाडौँ । सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदललेल काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक बसेर काम सुरु गरेको हो ।
नेकपाको केन्द्रीय समिति बैठकले आइतबार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको समिति गठन गरेको थियो ।
यो कार्यदललाई १० दिनको म्याद दिइएको छ । कार्यदलले एमसीसी देशको हितमा छ कि छैन भन्ने लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने छ ।
नेकपाभित्र अमेरिकी सहयोग एमसीसीका विषयमा मदभेद देखिएको छ ।