२०८१ असोज २, बुधवार , ०८:४०:४१ बजे

Sajhamanch
'

पाँच दिनअघिबाट सम्पर्कविहिन युवक मृत भेटिए

सोमवार, माघ २०, २०७६

रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं. ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको छ।

स्थानीय मोतीपुर नरकटीमा रहेको दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी घर फर्किने क्रममा बाटोबाटै सम्पर्कविहिन भएका एतेशामुल हकको शव आज नगरपालिकास्थित अपोलवाको एक नदीमा फेला परेको हो।

उनको मोटरसाइकल राजपुर नगरपालिकास्थित अपोलवा नजिकै खेतमा फेला परेको थियो। मोटरसाइकल भेटिएपछि उनको कल डिटेल हेरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। कल डिटेलबाट सुरु अनुसन्धानका क्रममा उनको हत्या आशंकामा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल फेला परेको स्थानबाट एक किलोमिटर दक्षिणमा उनको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए। ‘पाँच जनालाई नियन्त्रणमा लिएका छौं। उनको हत्या भएको हो।

सम्बन्धित खबर