२०८१ माघ २०, आइतवार , ०४:३१:१४ बजे

Sajhamanch
'

सयपत्री ट्रेड लिङ्कद्वारा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

आइतवार, माघ १९, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एमए डब्लु फाउण्डेसन र सयपत्री ट्रेड लिङ्क बिर्तामोडले आइतबार आयोजना गरेको एक कार्यक्रमका बीच विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

विपन्न समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालयका १०० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री दिइएको यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिङ्क बिर्तामोडका सञ्चालक बिनोद बस्नेतले जानकारी दिए । ‘चिसोका कारण विपन्न समुदायका विद्यार्थी विद्यालय आउनै छोडेपछि उनीहरुका लागि सहायता सामग्री जुटाएका हौँ’, सञ्चालक बस्नेतले भने ।
आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायका विद्यार्थी न्यानो कपडाको अभावमा नियमित विद्यालय आउन छोडेपछि फाउण्डेसन र सयपत्रीले चासो देखाएका थिए । व्यवसाय मात्रै होइन सामाजिक उत्तरदायित्व अनुसार विद्यार्थीलाई सहयोग गरिएको सञ्चालक बस्नेत बताउँछन् ।

उनले यो बर्ष मात्र नभई आगामी हरेक बर्ष यो विद्यालयलाई सहयोग गर्ने बचन दिएका छन् । मजदुरी गरेर छोराछोरी पठाइरहेका हरेक अभिभावकलाई पनि आर्थिक भार कम होस् भन्ने हेतुले यो कार्यक्रम गरिएको सञ्चालक बस्नेतले बताए ।
जाडो बढेसँगै विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको प्राध्यापक नरेन्द्र प्रसाद गुरुङ बताउँछन् । उनले सबैको साथ सहयोग नियमित पाइरहने हो भने यो विद्यालयलाई नमुना विद्यालय बनाउन सकिने बताए । उनले कार्यक्रममा भने, ‘बन्द हुन लागेको यो विद्यालयलाई यस्ता किसिमका सहयोगले विद्यार्थी आकर्षण गर्न सघाउ पुग्नेछ ।’

सम्बन्धित खबर