२०८१ असोज ३, बिहिवार , ०४:१४:५६ बजे

Sajhamanch
'

मेची सहकारीमा १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम जारी

आइतवार, माघ १९, २०७६

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि आगामी २५ गतेसम्म सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र उर्लाबारीको जलउपभोक्ता सहकारी संस्थाका सदस्यहरु समेतलाई सहकारिता बुझाउन १६ दिने सदस्य शिक्षा कार्यक्रम गरिएको हो ।

संस्थाको सभाहलमा भइरहेको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा दैनिक २५० जना हाराहारी सदस्यहरु सहभागी भइरहेका संस्थाका सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् । संस्थामा हाल ५ हजार ५३१ जना सदस्यहरु रहेका छन् । उनीहरु सबैलाई सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गराउने उद्देश्य रहेको व्यवस्थापक खोमप्रसाद बगाले बताउँछन् ।

तालिममा व्यवस्थापक बगालेले वित्तीय साक्षरता र पारिवारिक बजेटका बारेमा सहजीकरण गर्ने गरेका छन् भने संस्थाको परिचय र वित्तीय अवस्थाका बारेमा सूचना अधिकृत चन्द्रप्रसाद थापाको सहजीकरण हुने गरेको छ । संस्था अन्तरगत शिक्षा तथा सदस्य छनोट उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा सबै दिनका तालिमहरु सञ्चालन गरिने गरेको जनाइएको छ ।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गरिरहेको सेवा तथा सुविधाका बारेमा अध्यक्ष नारायणप्रसाद भट्टराईले अवगत गराउने गरेका छन् । सो विषयमा अध्यक्ष भट्टराईलाई शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य शुकदेव लुईंटेलले साथ दिएका छन् ।

यसैगरी सो तालिममा सहकारिता र व्यावसायिकताका विषयमा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य रुद्रबहादुर तामाङ्गले सहजीकरण गर्ने गरेका छन् । तामाङले सहकारीको सदस्य बनेर कसरी आफ्नो जीवनस्तर माथि उठाउन सकिन्छ ? कस्तो व्यवसायमा हात हालियो भने सदस्यहरु स्वावलम्बी बन्न सक्छन् ? संस्थाले कस्तो व्यवसायिक परियोजनालाई कर्जा लगानी गर्ने गरेको छ जस्ता विषयमा सहजीकरण गरेको बताइएको छ ।

यसैबीच, सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सदस्य सुनवाई कार्यक्रम गरी संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुका बारेमा अध्यक्ष लगायत सञ्चालकहरुलाई प्रश्न गर्ने तथा उत्तर लिने प्रक्रियाको पनि थालनी गरिएको छ । जसअन्तरगत साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, सवाल नेपाल डटकमका सम्पादक बिष्णुप्रसाद पोखरेल र पत्रकार गोपाल झापालीले सुनवाई कार्यक्रमको सहजीकरण गरेका सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् ।

सम्बन्धित खबर