२०८१ असोज २, बुधवार , ०८:४०:४९ बजे

Sajhamanch
'

हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ

आइतवार, माघ १९, २०७६

विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

झापा बिर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको हो । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो ।

मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका वडा नं.१२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा शव भेटेको प्रहरीले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको हो ।

मामाघर बस्दै आएका युवक माघ ९ गते मे १० प ८६७५ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए । विराटनगर आएका उनी विजय र अर्जुनसँग जोगवनी बजार पुगेका थिए । घटना सोही दिन भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

सम्बन्धित खबर