२०८१ माघ ७, सोमवार , ०५:३७:५६ बजे

Sajhamanch
'

जनताको विश्वास र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिन्छु : सभामुख सापकोटा

आइतवार, माघ १९, २०७६

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुख भएपछि समितिले आज उनको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गरे ।

सभामुख सापकोटले आफुमा काम गर्ने उर्जा, जाँगर र हौसला भएको भन्दै सबैको सहयोग पाउने आशा व्यक्त गरे । सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

व्यवस्थित सदनवाटै लोकतन्त्र सुदृढ हुने भन्दै आफुबाट कुनै पनि त्रुटीपूर्ण व्यवहार नहुने उनले विश्वास दिलाए । सभामुख सापकोटाले धेरै विधेयकहरु पारित गर्नुपर्ने चुनौती रहेको भन्दै जनताको विश्वास र राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिइने स्पष्ट पारे ।

समितिका सदस्यहरुले एमसीसी सम्झौताप्रति सबैको चासो बढ्दै गएकोले देशको हितमा हुने गरि निर्णय लिन आग्रह गरेका थिए ।

इमेज खबर

सम्बन्धित खबर