२०८१ माघ ६, आइतवार , ०९:२१:५१ बजे

Sajhamanch
'

सपना नदेख्नेले केही गर्न सक्दैनः उपप्रधानमन्त्री पोखरेल

शनिवार, माघ १८, २०७६

कठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व शर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’

उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए । ‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ ।’

जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेका छन् । उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए । उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउनस सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ (क) का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताए प्रदेश सांसद सीता अधिकारीले विकास निर्माणको काममा सबै जना एक जुट हुनुपर्नेमा जोड दिइन् । प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत स्थानीय पूर्वाधार साझेदार कार्यक्रम र स्थानीय जनताको सहयोगमा ५५ लाखमा भवन निर्माण गरिएको हो । रातोपाटी

सम्बन्धित खबर