जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ ।
कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ ।
आगो कसले र किन लगाएको हो ? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइनखबर