२०८१ पौष ६, शनिवार , ०५:३१:५६ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम

बिहिवार, माघ १६, २०७६

कमल । कमल गाउँपालिकाले हात्तीपाइले रोग सम्वन्धी कार्यक्रम गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार जनप्रतिनिधि, कर्मचारी र दलका प्रतिनिधि र संघ संस्थाका प्रतिनिधि बीच कार्यक्रम सञ्चालन गरेको हो ।

यो पटक झापामा ८ लाख भन्दा वढी व्याक्तिलाई औषधी सेवन कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाई बताए । हात्तीपाइले रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकोले औषधी २ वर्ष भन्दा कम उमेरका बालबालिका, ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घ र गर्भवती महिला बाहेक सवैले अनिवार्य रुपमा सेवन गर्नु पर्ने कमल गाउँपलिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले अनुरोध गरे ।

हात्तिपाईले रोग निवारण अभियानलाई सफल बनाउन कमल गाउँपालिकाले सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनितिदलका प्रतिनिधिलाई परिचालन गरेर कार्यक्रम सफल पार्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

यहि माघ २५ गतेबाट देशव्यापी रुपमा हात्तीपाइले रोग निवारण अभियान २०७६ अन्तर्गत आम औषधी सेवन कार्यक्रम सन्चालन हुँदैछ ।

सम्बन्धित खबर