
काठमाडौं । काठमाडौंको बालाजुमा आँखामा खुर्सानीको धुलो छर्केर ४८ लाख रकम लुटिएको छ ।
६ जनाको समूहले जमिनको बैनावापतको रकम बोकेर गएका बच्चुराम गुरुङको आँखामा खुर्सानीको धुलो छर्किएर ४८ लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।
गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सुवेदारसमेत हुन् ।महानगरीय अपराध महाशाखाकाको टोलीले लुटपाटमा संलग्न ६ जनालाई नै शनिबार साँझ पक्राउ गरेको छ ।
महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ परेको पुष्टि गरे पनि विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए ।महाशाखाका स्रोतका अनुसार गुरुङले काभ्रेस्थलीमा रहेको जमिन किन्नका लागि बैनास्वरुप सो रकम बोकेका थिए ।
उनलाई पक्राउ परेकै समूहले जमिन देखाएको थियो । जमिनमै लगेर सो समूहले आँखामा खुर्सानीको घुलो हालेर रकम लुटेर फरार भएको थियो ।
बाह्रखरी