२०८१ माघ १६, बुधवार , ०४:०८:२९ बजे

Sajhamanch
'

बजेट अभावले प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्र संकटमा

बिहिवार, माघ ९, २०७६

कमल । झापाको कमल गाउँपालिका ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र बजेट अभावका कारण संकटमा परेको छ ।

वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको संरक्षण र प्रवर्धनका लागी गत वर्ष प्रदेश सरकार तथा स्थानियतहबाट वजेट विनियोजन भएपनि यस आर्थिक वर्षमा बजेट विनियनेजन नभएकाले आश्रम तथा सिमसार क्षेत्र संकटमा पर्न थालेकोे प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितीका अध्यक्ष चक्र गुरुङ्गले जानकारी दिए ।

हामीले यस क्षेत्रको सरक्षण र प्रवर्धनका लागी संघीय सरकारसँग बजेट माग गरेका थियौं । बजेट विनियोजन पनि भएको छ तर ठेगाना फरक परेकाले समस्या आएको हो । उनले भने, प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको नाममा विनियोजन भएको रकम केचना कवल गाउँपालिकाको ठेगानामा रहेको छ ।

स्थानिय तथा संघिय सरकारमा पनि ठेगाना सच्याउनका लागी पटक पटक जानकारी गराएको अध्यक्ष गुरुङ्गले बताए । उनले नेपाल भ्रमण वर्ष अन्तरगत पर्यटन मन्त्रालयले देशका एकसय वटा धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकासका लागी आवश्यक पुर्वाधर तयार गर्न बहुवर्षीय आयोजना अन्तरगत रकम विनियनेजन गरेको भएपनि ठेगाना परक परेकाले हामीलाई समस्या आएको जानकारी थिए ।
गतवर्षको बजेटबाट वाल्मिकी आश्रम आसपास रहेको सिमसार क्षेत्रको सरसफाई तथा सो स्थानमा रहेकोे पानीको श्रोतलाई संरक्षण गर्ने काम भएको थियो । तर यस वर्ष थप कामगर्ने र मन्दिर लगायत आसपासको क्षेत्रमापनि सरसफाई गर्ने कार्यक्रम थियो तर यस वर्ष बजेट अन्यौलका कारण कुनै काम हुन नसकेको संरक्षण समितीका सचिव मधुसुधन अधिकारी बताए ।

वाल्मिकी आश्रम तथा सिमासक्षेत्रको सरसफाईमा कमि आएको स्थानिय बासी समेत स्वीकार्छन् । पछिल्लो समय आश्रममा सरसफाई नभएको धेरै भयो । बजेटका साथै स्थानीयबासीको पनि सक्रियाता कमि आएका स्थानीय देउमान भट्टराई भट्टराई बताउँछन् ।
प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई संरक्षण र प्रवद्र्धनका साथै सरसफाईमा ध्यान दिन आवश्यक छ । पछिल्लो समय सरसफाई नभएका कारण वाल्मिकिको कुटी भित्र धेरै मात्रामा फोहोर जम्मा हुन थालेकोे छ । राष्ट्रले भ्रमण वर्ष मनाई रहँदा यस्ता ठाउँ ओझेलमा पर्नु दुःखको कुरा हो ।

यस्ता धार्मिक तथा प्राचिन स्थानको संरक्षण र प्रवद्र्धन गर्नमा सबै सरोबारवाला निकायहरु एक ढिक्का भएर लागे मात्र नेपाल भ्रमण वर्ष सफल हुने स्थानीयबासीको बुझाई छ ।