२०८१ पौष ६, शनिवार , ०७:१८:४८ बजे

Sajhamanch
'

कविता : महिला योद्धा

बिहिवार, माघ ९, २०७६

श्रृजनाका हातहरू बिनास गर्न अघि बढे
जीवन दिने हातहरू मान्छे मार्न अघि सरे ।
कसो गरी छाड्न सक्यौ काखका ती मुनाहरू?
कोमल मन कठोर पार्ने कहाँ पायौ टुनाहरू ।१।

प्रेम रोप्ने पाखुरीले, बन्दुक बोकी तिमी हिंड्यौ ।
दुधे बालक कता छाड्यौ, युद्ध रोजी किन हिड्यौ ?
हत्केलामा ज्यान राखी कस्को लागि युद्ध लड्यौ ?
आफू बाँची अरू मार्न तिमी अघि किन सर्यौ ?।२।

महिला योद्धाको प्रतिकात्मक तस्वीर

माया गर्ने मनभित्र बदलाको ज्वाला बोकी
श्रृँगार छाडी गोला बारूद छुन तिम्ले कहाँ सिक्यौ
श्रृजना र कोमलता तिमीभित्र हुँदाहुँदै
बिनासको मृत्यु खेल, कठोर भई कहाँ सिक्यौ ? ।३।

हिजोसम्म धारा, कुवा, पँधेरामा डराउँथ्यौ
कुन आँट साहसले खोला, जँघार, पहाड तर्यौ
साथीभाइ आफन्तमा नाता साइनो लायी बोल्थ्यौ
युद्ध लड्ने शत्रु तिम्ले कसोगरी चिन्न सिक्यौ ? ।४।

मुस्कुराउने ओठभित्र आक्रोसको रिस बोकी
किन खायौ कसम तिम्ले मान्छे मार्न आफू खुशी ?
एकान्त र अँध्यारोमा कस्को आँट पाई लड्यौ ?
तिम्रा शत्रु कति थिए ? कतिलाई मारी छाड्यौ ?।५।

२०७६/१०/६ धुलाबारी झापा

बिहिवार, माघ ९, २०७६ | शिक्षा

सम्बन्धित खबर