२०८१ असोज ३, बिहिवार , ११:०८:३९ बजे

Sajhamanch
'

एनएमसी सदस्यलाई च्याउ खेती तालिम

बिहिवार, माघ ९, २०७६

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्ना सदस्यहरुलाई व्यावसायिक च्याउ खेती सम्बन्धी दुई दिने तालिम आजदेखि सुरु गरको छ ।

महिला सक्तिकरण समितिको आयोजना तथा एकिकृत नमुना कृषि फार्मको संयोजनमा दुहागढीमा आयोजित दुई दिवसीय तालिमको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शङकरप्रसाद पोखरेलले गरेका थिए ।

उक्त तालिमको सहजीकरण शिवकुमार भण्डारीले गरेका छन् । तालिममा च्याउ तथा च्याउ खेतीको सामान्य परिचय, च्याउ उत्पादनको लागि चाहिने आवश्यक सामग्रीका बारेमा बताउने छन् । भण्डारीले च्याउमा लाग्ने विभिन्न रोग तथा कीराको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा समेत सहभागीहरुलाई अवगत गर्नेछन् ।

महिला सक्तिकरण समिति संयोजक हेमा सिटौलाको अध्यक्षतामा सुरु भएको तालिममा,  सिटौलाले च्याउ खेती सम्बन्धि तालिम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट पारेकी थिइन् ।

उक्त तालिमको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१४ का वडाध्यक्ष  पोखरेल र संस्थाका उपाध्यक्ष भगवती घिमिरेले आ-आफ्ना धारणा राखेका थिए ।

एकिकृत नमुना कृषि परियोजनाका संयोजक केशवप्रसाद पोखरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन  महिला सशक्तिकरण समिति सदस्य मुना कुईकेलले गरेकी थिइन् ।

सम्बन्धित खबर