२०८१ साउन १२, शनिवार , ०६:५६:०२ बजे

Sajhamanch
'

सवारी दुर्घटना : अर्जुनधाराका भट्टराईको मृत्यु

मङ्गलवार, माघ ७, २०७६

बिर्तामोड । पूर्व पश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका – ४ बेतना खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सोमबार बेलुका भएको दुर्घटनामा झापा अर्जुनधारा नगरपालिका– ५ का ५४ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा भट्टराईकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक ठोक्कीएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार पशुपति र उनकी श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए । घाईते दुबै जनालाई प्रहरीले उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाएको थियो । उपचारका क्रममा पशुपति भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित खबर