२०८१ असोज २, बुधवार , १०:५४:३८ बजे

Sajhamanch
'

पुरुषको तुलनामा महिलाहरू धेरै सुत्न जरुरी

सोमवार, माघ ६, २०७६

विराटनगर  । शरीरलाई स्वास्थ्य राख्नका लागि र ऊर्जा प्रदान गर्नका लागि निद्रा पुरा हुन जरुरी हुन्छ ।

विभिन्न कामको थकानपछि शरीरको अंगलाई आराम प्रदान गर्न निद्रा चाहिने हुन्छ ।

पुरुषको तुलनामा महिलाले अलि धेरै समय सुत्नुपर्छ । महिलाहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरायसी काममा ब्यस्त रहन्छन् ।

अझ आजकलका महिलाहरू घरायसी काममा साथ साथै अफिस जाने वा थप व्यवसायमा ब्यस्त हुने भएका कारण थकान धेरै हुने गर्छ । हाम्रो समाजमा महिलाहरूले पुरुषको तुलनामा धेरै सुत्न पाउँदैनन् ।

उनीहरू बिहान सबेरैदेखि राति अबेरसम्म घरधन्दा, सन्तानको रेखदेख, घरपरिवारको रेखदेख तथा अफिसको काम सकेर मात्र ओछ्यानमा पुग्छन् ।

दिनभरको थकानका कारणले गर्दा उनीहरूको सुताइ भोलिपल्टको काम गर्नका लागि पर्याप्त हुँदैन ।

कामको चापका कारण महिलाहरूले भनेको समयमा सुत्न नपाउने, ढिलो सुत्दा झट्ट निद्रा नपर्ने तथा दोस्रो दिनका लागि पनि सबेरै उठ्नुपर्ने हुँदा निन्द्रा पुग्ने गर्दैन ।

त्यसैले, निद्रा पूरा गर्नका लागि पनि अत्यधिक समय सुत्नुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।

पुरुषको तुलनामा महिलाहरूको शरीरमा हुने हर्मोनको परिवर्तनका कारण गर्दा उनीहरूको निद्रामा असर पुगेर इन्सोमेनिया हुने खतरा उच्च रहन्छ ।

महिलाहरू दिमागको प्रयोग धेरै गर्ने हुँदा दिमागलाई ताजा र चलायमान बनाउनका लागि पनि धेरै सुत्नुपर्ने हुन्छ ।

महिनावारीको समयमा पेटको दुखाइ, वाक्वाकी लाग्ने, मुड बदलिने, मन अत्तालिने, घरीघरी भोक लाग्ने का कारण आनन्दले सुत्न पाउँदैनन् । गर्भावस्था तथा सुत्केरी अवस्थामा शारीरिक र मानसिक बदलावका कारण महिलाहरूलाई सुत्नमा समस्या हुने गर्छ ।

यस्ता विभिन्न कारणले गर्दा पनि महिलाहरूले पुरुषको तुलनामा धेरै सुत्न जरुरी देखिन्छ ।

सम्बन्धित खबर