
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर्नु भएको छ । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गर्नु भएको हो ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।


