
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४०० रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार १०० रुपैयाँ रहेकोमा आज ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँ थियो ।


