
झापा । झापाको दमकबाट एक १२ वर्षीया बालिका बेपत्ता भएकी छन् । गौरीगंज गाउँपालिका-६, कंचिरा निवासी १२ वर्षीया पुष्पा दर्जी शुक्रवारदेखि बेपत्ता भएकी हुन् ।
शुक्रवार बिहान करिब १० बजे बिर्तामोडको चारपानेस्थित आफ्नी फुपू ओमा दर्जीको घरबाट कमल-५ स्थित आन्टीको “घर जान्छु” भनी उनी निस्केकी थिइन्। उनी आन्टीको घर नगई दमक बसपार्कबाट सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।
पुष्पाकी दिदी सलिना दर्जीले आफ्नो बहिनीको अपहरण भएको हुनसक्ने आशङ्का गरेकी छन् । प्रहरीले बालिकाको खोजी कार्य तीव्र बनाइएको बताएको छ ।


