
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीबाट माया जैसी, गणेश गौतम र रूपा जैसी घाइते भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकीय अधिकृत दीपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार घाइतेहरूलाई नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी नेपालगञ्ज लगेको छ ।


