२०८२ चैत २९ आइतवार , १०:१६:५० बजे

Sajhamanch
'

प्रधानमन्त्री कप : यी हुन् आज हुने दुई खेल

आइतवार, चैत २९, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २९) विभागीय टिम नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ ।खेलमा सुदूरपश्चिम पहिलो स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक दुरी घटाउने लक्ष्यमा हुनेछ । तीन अंकले पछाडि परेको सुदूरपश्चिमसँग पुलिसविरुद्ध जित निकाल्दै आर्मीसँग अंक दुरी घटाउने अवसर छ । तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले आठ खेलबाट १० अंक जोडेको छ । सुदूरपश्चिमले आठ खेल खेल्दा पाँच जित र तीन हार व्यहोरेको छ ।

पुलिस भने सुदूरपश्चिमलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । एक अंकले पछाडि परेको पुलिस नौ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । पुलिसले सात खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ । पुलिसको एक खेल भने रद्द भएको थियो । यी दुईबीचको जनकपुरको रामजानकी बहुदेश्यीय रंगशालामा नेपाली समयअनुसार बिहान ९:३० बजे हुनेछ ।

सम्बन्धित खबर