
झापा । झापाको शिवसताक्षीमा भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
बुधवार साँझ ७ः३० बजे शिवसताक्षी-७ लालपानी बस्ने वर्ष ४५ का घनश्याम खतिवडाको टिनको छानो, बाँसको टाटी बेरा भएको पुरानो खाली एकतले घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको हो ।
आगलागीबाट घर र घरभित्र रहेको फर्निचर, लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ । प्रहरी, स्थानीय मानिस र शिवसताक्षी नगरपालिकाको वारुणयन्त्रको सहयोगमा राति ८ः२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


