२०८२ चैत २६ बिहिवार , १०:४६:१८ बजे

Sajhamanch
'

ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ

बिहिवार, चैत २६, २०८२

काडमाण्डौ । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उहाँका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । चक्कु प्रहार गर्ने सञ्जीव नेपालीसहित ५ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हिजो बेलुकी नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो । नचिनेको नम्बरबाट फोन आएपछि शुरूमा केहीबेर सामान्य कुराकानी भए पनि पछि फोनमै विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए ।

इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर