२०८२ चैत २३ सोमवार , ०१:२१:०६ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ घट्यो

सोमवार, चैत २३, २०८२

काठमाडौं । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६०० रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८३० रुपैयाँ रहेकोमा आज ४ हजार ७८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार, चैत २३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर