२०८२ चैत २३ सोमवार , ०८:५७:१० बजे

Sajhamanch
'

यासोक–वासागु–उत्तसडक अवरुद्ध

सोमवार, चैत २३, २०८२

फिदिम । सुख्खा पहिरोले पाँचथरस्थित यासोक–वासागु–उत्तसडक अवरुद्ध भएको छ ।

उक्त सडक अन्तर्गत पर्ने देउराली खण्डमा सडक मुनीबाट करिब १५ मिटर क्षेत्र ढाकेर सुख्खा पहिरो खसेपछि शनिबार साँझदेखि यातायात र ढुवानी ठप्प भएको हो ।

उक्त सडक स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ । स्तरोन्नति भइरहेको क्षेत्र नजिकै सुख्खा पहिरो खस्दा सडक बगेकाले यातायात र ढुवानी सेवा ठप्प भएको गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए ।

नेम्वाङका अनुसार सडक खुलाउन तीनवटा स्काभेटर प्रयोग गरी नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ । तर चट्टानी पहाड रहेको अप्ठ्यारो भूगोलमा गएको सुख्खा पहिरोका ठूलो क्षति भएकाले काम सक्न तीन दिन लाग्ने अनुमान गरिएको छ ।

उक्त सडकमा दुईपाङ्ग्रे र चारपाङ्ग्रेसहित सबैखाले साधन ठप्प छन् ।

सम्बन्धित खबर