२०८२ चैत २१ शनिवार , ०५:५१:२३ बजे

Sajhamanch
'

भद्रपुरमा वडाध्यक्षको भत्ताबाट ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण

शनिवार, चैत २१, २०८२

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु)–ले वडाका ज्येष्ठ मातापितालाई आफ्नो व्यक्तिगत खर्चबाट तीर्थाटन गराउनुभएको छ ।

वडाध्यक्ष कार्कीले आज वडाका १२० जना ज्येष्ठ मातापितालाई सुनसरीको धरानस्थित धार्मिकस्थल बराह क्षेत्र र पर्यटकीयस्थल श्रम संस्कृति पार्कमा भ्रमणमा लग्नुभएको हो ।

२०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएयता वडाध्यक्ष कार्कीले आफूले पाउने तलव तथा भत्तालगायतका सेवा–सुविधाबाट वडाका जेष्ठ नागरिकहरुलाई तीर्थाटन गराउँदै आउनुभएको छ ।

‘निर्वाचित भएयता बर्षेनि मैले पाउने सेवा–सुविधाबाट वडाका ज्येष्ठ मातापितालाई धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने गरेको छु’, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ज्येष्ठ मातापितालाई भ्रमण गराउँदा मलाई धेरै खुशी लाग्छ, यो नै सबैभन्दा ठूलो धर्म हो ।” वडाका ज्येष्ठ मातापितालाई भ्रमणमा लगेको यो चौथो वर्ष भएको उहाँले बताउनुभयो ।

वडाध्यक्षको व्यक्तिगत गाडीसहित चारवटा सवारी साधनमा उहाँहरुलाई भ्रमणमा लगिएको वडा सदस्य रीना थापा मगरले जानकारी दिनुभयो ।

ज्येष्ठ मातापिताको स्वास्थ्यमा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै भ्रमणमा स्वास्थ्यकर्मीको टोलीसमेत रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

सम्बन्धित खबर