२०८२ चैत २० शुक्रवार , ०२:५९:०७ बजे

Sajhamanch
'

५ हजार लिएर एसईई दिइरहेका ‘खेताला’ परीक्षार्थी पक्राउ

शुक्रवार, चैत २०, २०८२

हेटौँडा । एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रमा अंकित श्रेष्ठ बनेर परीक्षा दिने विराज विक पक्राउ परेका हुन् ।

अंकित फेमकोल एकेडेमीका परीक्षार्थी हुन् । पक्राउ परेका विकले ५ हजार रूपैयाँको प्रलोभनमा श्रेष्ठको परीक्षा दिएको पाइएको मकवानपुरका सीडीओ वसन्त अधिकारीले बताए । प्रहरीले नक्कली परीक्षार्थीबारे मुचुल्का तयार आवश्यक कारबाही सुरु गरेको छ ।

अंकित अघिल्लो वर्ष पनि फेल भएकाले यसवर्ष पास हुन अरुलाई प्रयोग गरेको पाइएको छ ।

शुक्रवार, चैत २०, २०८२ | अपराध, समाज

सम्बन्धित खबर