२०८२ चैत १९ बिहिवार , ०५:०८:५२ बजे

Sajhamanch
'

झापामा करेन्ट लागेर भारतीय कामदारको मृत्यु

बिहिवार, चैत १९, २०८२

झापा । झापामा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ । ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर भारत पश्चिम बंगाल धुपगढी घर भएका २३ वर्षीय गोविन्द मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडस्थित चेतन सिटौलाले सञ्चालन गरेको पूजा ग्रिल उद्योगमा काम गर्दे आइरहेका मण्डलले आज दिउँसो १२ बजे अर्जुनधारा ४ भाङबारीस्थित विन्दाबासिनी मन्दिरको कम्पाउन्डमा ग्रिल लगाउने क्रममा करेन्ट लागेको थियो ।

घाइते भएका मण्डललाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड पुर्याएलगतै डाक्टरले मृत घोषित गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।