
काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९० हजार २०० र चाँदी तोलाको चार हजार ८४५ रुपैयाँ थियो । हिजो पनि सुनचाँदीको भाउ बढेको थियो ।


