२०८२ चैत १८ बुधवार , १२:४१:५७ बजे

Sajhamanch
'

घुस रकम लिँदालिँदै पक्राउ परे प्रहरी नायव निरीक्षक राउत

बुधवार, चैत १८, २०८२

काठमाडौं । प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत र मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो पक्राउ गरेको हो ।

घुसबापतको रकम र एक थान मोबाइल सहित राउतलाई काठमाडौं महानगरपालिका–५ गहनापोखरीबाट समातेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो

बुधवार, चैत १८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर